२१असोज, काठमाडौँ । सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुल्दै छ।

नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट डिभीका लागि आवेदन खुल्ने छ।
रातिबाट खुलेर कार्तिक २५ गते नेपालमा स्थानीय समयानुसार रातको १०ः४५ बजेबाट बन्द हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ।

त्यस्तै, आवेदन भर्दा कन्सल्टेण्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।

आवेदन खुलेपछि कसरी निःशुल्क आँफैंले आवेदन दिने त ?

– आवेदन निशुल्कः डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन।

– कन्सल्टेन्टको आवश्यकता नपर्नेः

अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ।

– फारम अनलाइन भर्नुपर्नेः

सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvprogram.state.gov  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डिभी) आवेदन फारम भर्नु पर्नेछ।

– पारिवारिक विवरण खुलाउनुपर्नेः

दर्ता गर्दा तपाईँले आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।

– एक जनाका लागि एउटा आवेदनः

तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।

– हालसालै खिचिएको फोटोः

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोलास् फोटो खिच्दा आवेदकले चश्मा लगाउनु हुँदैन।

– बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यकः

यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ।

– आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस्ः  यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

– आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस्।

– तपाईँ डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२१ ९२०७८ वैशाख २५० वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रविष्ट गर्नु हो।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन।

डीभी का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने कागजपत्रहरूको सूची www.go.usa.gov मा दिइएको छ।