२२असोज, काठमाडौँ । काठमाडौं उपत्यकामा आज २ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंका २ हजार ८५ , ललितपुरका ३ सय २० र भक्तपुरका १ सय ३५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज देशभर एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।