२३असोज, काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० लाख ४९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४९ हजार ८१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५१४ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।