असोज । रोल्पा ।
राष्ट्रिय युवा संघ नेपाल रोल्पाको सपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । रोल्पाको उद्योग बाणिज्य संघको हलमा शुक्रबार आयोजित कार्यक्रममा सपथग्रहण गरिएको हो । जिल्ला संयोजक कृष्ण नेपालीको संयोजकत्वमा ६१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल रोल्पा कमिटिलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश शाहीले सपथ खुवाउनुभएको हो ।

५ नम्बर प्रदेश सांसद दिपेन्द्रकुमार पुनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्ती, पार्टीका जिल्ला सचिव हरिप्रसाद घर्ती, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य जितेन्द्र पुन, राहुल महरा, दिलबहादुर केसी, रोल्पा इन्चार्ज रितमान पुन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

जिल्ला संयोजक कृष्ण नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला सहइन्चार्ज पूर्ण खड्काले गर्नुभएको थियो भने सहइन्चार्ज विशाल मगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले युवा देशको मेरुदण्ड भएको र पार्टीको महत्वपूर्ण अंग भएको हुँदा जिम्मेवारी बोधका साथ लाग्न अनुरोध गरेका थिए । एकताको सन्देश दिँदै युवाहरुले अबका दिनमा अग्रगामी परिवर्तन ल्याउनमा सुझाव दिएका थिए ।
–सनस्टार साप्ताहिकबाट