३ कात्तिक,काठमाडौं। रोल्पामा प्रभु बैंकको शाखा खुलेको छ ।

रोल्पा नगरपालिका–४, लिवाङमा प्रभु बैंकको २ सय १०औँ शाखा खुलेको छ । सोमबार बिहान नगरपालिकाका प्रमुख पूर्ण केसीले लिवाङ शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख केसीले बैंकिङ पहुँच नपुगेका ठाउँहरूमा शाखा विस्तार गरी बैंकले प्रंशसायोग्य काम गरेको बताए ।

लिवाङमा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकको विश्वास छ ।