३कार्तिक, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज देशभर ३७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ ।

सँगै नेपालमा संक्रमितको संख्या १३६०३६ पुगेको मन्त्रालयले जनाएको छ ।