रोल्पा । जनएकता बचत तथा ऋण सहकारी संस्था लि. सुनिलस्मृति ४ सुलिचौर, रोल्पाले ९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले गरेका थिए ।

संस्थाका अध्यक्ष कर्णबहदुर गिरीको अध्यक्षता र सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न साधारण सभाले गत आवको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।

सो सहकारी संस्थाका कोषाध्यक्ष भुपेश गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए भन्ने संस्थाका अध्यक्ष गिरी गतिविधि सहित भावी रणनीतिका बारेमा प्रतिवेदन पढेर सुनाउनु भएको थियो ।

सहकारीले नियमित बाल बचत उटकृष्त कर्ताका रुपमा, सम्झना रोका र कल्पाना गिरी, नियमित उटकृष्ट बचत कर्ताका रुपमा घनश्याम महरा, फारमन विष्ट, योगेन्द्र महरा, खोम गैरे, प्रविन पुनमगर, ममता विष्ट, प्रेमसिंह गिरी, गोपाल पुनमगर, हुकुमबहादुर घर्ती असरल ऋणी श्यामकली सुवेदी, दिलबहादुर बुढाथोकी, तुला विष्ट र अमृता विष्टलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथिको आसनबा बोल्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले सहकारी उत्पादन मुलक क्षेत्रमा लाग्नुपर्ने बताउदै सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गुर्नपर्नेमा जोड दिए ।

सहकारीका उपाध्यक्ष विपना घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभामा जिल्ला सहकारी संघ रोल्पाको सचिव फतेप्रचण्ड घर्ती, जनकल्याण बतच तथा ऋण सहकारी संस्था लि. सुलिचौरका अध्यक्ष जिवराज घर्ती, चेतना बचत तथा ऋण सहकारी संस्था लि. मिझिङका अध्यक्ष दिपेश विष्ट, एकता महिला बचत तथा ऋण सहकारी संस्था लि. मिझिङका अध्यक्ष रीतादेवी थापा, सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. रुईनिबाङका सचिव अमृत घर्ती क्षेत्री, समाजसेवी ओविलाल विष्ट लगायतले सहकारीको विषयमा आ–आफ्ना धारण राखेका थिए ।