काठमाडौं । भारतको राजस्थानमा एक भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको छ ।

राजस्थानको जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणधिन भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार भत्किएको भवनमा झण्डै २० जना पुरिएका छन् । खोजी तथा उद्धारको काम अहिलेसम्म चलिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री अशोक गहलोतले सहायता कोषबाट मृत्यु भएका मजदुरको परिवारलाई दुई–दुई लाख र घाइतेको परिवारलाई ४०–४० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।