बैतडी । बैतडीको खोड्पेमा बस दुर्घटना मुत्यु हुनेको ५ जनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु भएका दुई जनाको नाम ठेगाना सहित सनाखत भएको छ । पाँच जनाको नाम मात्रै खुलेको छ ।

बैतडीको दोगडाकेदार ६ का प्रहरी जवान रणवहादुर चन्दको परिचय पत्रका आधारमा खनाखत भएको छ । त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्प्तालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ बर्षीया कृतिका कार्कीको मृत्यु भएको छ ।