रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को जिलाखोलामा २ वटा बेवारिसे शव भेटिएको छ ।

माछा मार्न जाने बच्चाहरुले बेवारिसे शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेपछि गएको प्रहरी र जनप्रतिनिधिसहितको टोलीले झण्डै १० मिटरको फरकमा २ जना पुरुषको शव भेटेको हो ।

एउटा शव ४०÷४२ वर्ष उमेरको भएपनि पुरै नचिनिने अवस्थामा रहेको र १० मिटरको दुरीमा अर्को शवपनि उस्तै अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी नायव उपरीक्षक शहदेव डाँगीले बताए ।

मृतक व्यक्तिहरुको पहिचान हुने कुनै परिचयपत्र नरहेको र एउटा मोबाईल मात्रै भेटिएको प्रहरीले बताएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।