रोल्पा । राष्ट्रिय जनमाेर्चा रोल्पाले संघीयता खारेजीको माग गर्दै आज (आइतबार) विरोधसभाको आयोजना गरेको छ। राजमो केन्द्रको निर्णय अनुसार विरोध सभा गर्न लागिएको राजमो रोल्पाले जनाएको छ ।

‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्स भन्ने नाराका साथ रोल्पामा विरोधसभा गर्न लागिएको राष्ट्रिय जनमार्चा रोल्पाका जिल्ला सल्लाहकार हस्तमणी पुनले बताएका छन् ।

संघीयताले देश टाट पल्टँदै गएको र राष्ट्रियता कमजोर बनेको निष्कर्ष सहित संघीयता खारेजीका लागि संघर्ष गरिरहेको राजमोले पछिल्ला दिनमा संघीयताकै कारण कोरोना भाइरसविरुद्ध प्रभावकारी कदम चाल्न नसकिएको जनाएको छ । संघीयता अन्तर्गत प्रदेश संरचनामा खर्च भइरहेको अनावश्यक ठूलो धनराशी कोरोना संक्रमणविरुद्ध लगाउनुपर्ने राजमोको माग छ ।

विरोध सभामा जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिध सहकाभागि हुने छ, भने कार्याक्रमको सम्बोधन राजमो रोल्पाका जिल्ला अध्यक्ष मेखनाथ विष्टले गर्ने राजमो रोल्पाले जनाएको छ ।

सल्लाहकार पुनका अनुसार दिउँसो १ बजे पार्टी कार्यालबाट जुलुसहति ¥याली निकाली टुलिखेलमा विरोधसभा हुने छ ।

यस्तै राजमोले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको भन्दै सरकारको आलोचना गरेको छ ।