काठमााडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकैदिन एक हजार ९६ जनाको मृत्यु भएको छ ।

यसरी कोरोनाबाट मृत्यु हुनेको कुल संख्या दुई लाख ७४ हजार १ सय ९० पुगेको छ ।

त्यस्तै अमेरिकामा एकैदिन एक लाख ४९ हजार ४ सय ३५ जनामा संक्रमण देखिएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३९ लाख ७ हजार ७ सय ३७ जना पुगेको छ ।

त्यस्तै अमेरिकामा ८१ लाख९८ हजार १ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५४ लाख ३५ हजार ४ सय १० जना उपचाररत छन् ।