२२ मंसिर , पाँचथर। पाँचथरमा २३ दिनअघि हराएका तीन वर्षीय बालकको शव ओडारमा भेटिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका– ६ का आईन्द्रहाङ सरुम्बाको ३ वर्षीय छोरा घर नजिकैको कार्तिकेभिरको ओढारमा भेटिएका हुन ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा उनी ३० कार्तिकमा बेपत्ता थिए ।

बालकको खोजतलास गर्ने क्रममा आईतवार बिहान ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।