२२ मंसिर, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन्।

मुलुकभर थपिएका १ हजार १४ संक्रमितमध्ये ४४२ जना काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्।