२३ मंसिर, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप २७ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ९९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४०४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नजिक पुगेको हो ।