२५मंसिर, रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पाको प्रथम चौमासिक प्रगति समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको अध्यक्षताममा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी ,वडा न ५ का वडा अध्यक्ष कृष्णबहादुर केसी ,वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगी ,वडा न ४का वडा अध्यक्ष भिम बहादुर खत्री ,वडा न ७का वडा अध्यक्ष भानबहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष वलीले चालू आर्थिक बर्ष २०७७/०७८को श्रावण देखि कात्तिकसम्म गाउँपालिकामा भएका गतिविधिहरुको समीक्षा गरेका थिए ।

चौमासिक प्रगति समीक्षा कार्यक्रमको प्रगति प्रतिवेदन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले प्रस्तुत गरेका थिए ।
त्यस्तै समिक्षात्मक कार्यक्रममा ७वटै वडाका वडा सचिवहरु र गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुखहरुले चार महिना भित्रमा गरेको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए ।