२८ मंसिर,काठमाडौँ । भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार १८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ५४ हजार २०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ५३ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ९९४ पुगेको हो ।