१पुस, काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

अभिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश खारेजीका लागि आदेश माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) २०७७ जारी गरेकी थिइन् ।

अध्यादेशविरुद्ध अधिवक्ता अर्यालले दायर गरेको रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।