३ पुस, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख ७७ लाख नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ७७ हजार ७६० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ८२९ पुगेको हो ।