७पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन भएको घोषणा गरेसँगै पार्टीको धारणा तय गर्न कांग्रेस बैठक बसेको हो।

हिजो बसेको सर्वदलीय बैठकले पार्टीको केन्द्रीय समिति बैठकको राय लिएर पार्टीको धारणा बनाउने निर्णय गरेको थियो। संसद विघटनसँगै पछिल्लो राजनीतिक घटनाक्रममाथि आजको कांग्रेस बैठकले धारणा बनाउने छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले चालेका कदमका विषयमा छलफल गर्ने मुख्य एजेण्डा हुने कांग्रेसले जनाएको छ। आजको बैठकले संसद विघटनको असंवैधानिक कदमविरुद्ध रणनीतिक दृष्टिकोण तय गर्ने कांग्रेसले जनाएको छ।