९पुस,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले १३ पुसमा सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले पहिलो चरणमा १३ पुसमा देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो ।

काँगे्रसले प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा १३ पुसमा १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितको निर्णय गरेको छ ।