१०पुस, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्षद्वय पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर प्रदर्शन गरे ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नै माइतीघर, सर्वोच्च अदालत र निर्वाचन आयोगमा प्रदर्शन गर्ने तय गरेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार नै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु हुँदै छ ।