१० पुस,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरसका कारण होम सेन्टरबाट नै परीक्षा लिएको बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

‘उत्तरपुस्तिका परीक्षणको काम सकियो । नम्बर इन्ट्रीको काम भइरहेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘नम्बर इन्ट्रीको काम सकिएपछि नतिजा सार्वजनिक गछौँ ।’

गत ८ वैशाखका लागि तोकिएको परीक्षा कोरोनाका कारण स्थगित भएको परीक्षा गत ९ मंसिरदेखि १६ सम्म सञ्चालन भएको थियो ।

परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी ससहभागी भएका थिए । शिलापत्र डटकमबाट साभार