१२पुस, काठमाडौँ । भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ५७४ जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ६० हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ६५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।