१३  पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि कांग्रेस त्यसको विरोधमा उभिदै आएको छ ।

कांग्रेसको पूर्व निर्धारित विरोध प्रदर्शनमा सहभागी हुनका लागि सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा परिचालित भएका छन् ।
कांग्रेसले एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लाका सदरमुकाममा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।