१४ पुस, काठमाडौँ । भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ६ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार १९० पुगेको हो ।