१७पुस, काठमाडौं । चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष अगाडी चीनबाट नै भएको थियो । चीनबाट नै विश्वभर कोरोना फैलिएको हो ।

तर कोरोना भाइरसको नयाँ प्रकारका संक्रमित अहिलेसम्म धेरै बेलायतमा देखिएको छ । रोटर्सका अनुसार चीनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि चाइनिज सेन्टर फर डिजिटल कन्ट्रोल एन्ड प्रिभेशन पब्लिकेशनले गरेको हो ।

कोरोनाको नयाँ भाइरस फैलनबाट रोक्नको लागि विश्वका धेरै देशहरुलाई आवाजजावतमा बेलायतले प्रतिबन्ध लगाएको छ । यो नयाँ प्रकारको भाइरस पहिलाको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशत छिटो फैलिरहेको अनुसन्धाले जनाएको छ ।