१७ पुस, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन ।

नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उनले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राखे ।

उनले भने, “उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौँ ।”

अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताए ।