१७पुस, काठमाडौं । राष्ट्रियसभाको बैठक सकिएको छ । अर्को बैठक पुस २३ गते दिउँसो १ बजे बस्ने छ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्तरगतको पहिलो बैकमा सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेका थिए।

सातौं अधिवेशनको पहिलो बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।

त्यस्तै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभाका अधयक्षले सभामा पढेर सुनाएका थिए।