२२पुस, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यससँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार १४४ जना महिला र २६५ गरि ४०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दाको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभको संख्या २६३१९३ पुगेको छ ।