२३ पुस, काठमाडौं । बेलायतबाट फर्किएका ५ नागरिकको कोरोना भाइरस संक्रमणको जिन सिक्वेन्सिङ गर्न हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा नमुना पठाउने तयारी भएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार सोमबारसम्ममा हङकङ पुग्ने गरी नमुना पठाउन लागिएको हो ।