२५पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले पुनःस्थापना नगरे सबैदल चुनावमा सहभागी हुने बताएका छन्।

शनिवार बुढानिलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले मुद्धा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने समेत बताए।देउवाले भने”–अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन। हामीले अदालतको निर्णय पर्खिनुपर्छ।