२७पुस, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य प्रति तोलामा रु ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै यता चाँदीको मुल्य पनि तोलामा रु ४० रुपैयाँ घटेर प्रति तोलाको रु १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।