७माघ, काठमाडौँ । अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७४ हजार ३७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४८ लाख ९ हजार ८४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४७ लाख ८६ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ११ हजार ४३५ जनामध्ये २८ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८०२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बुधबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ११ हजार ५२० पुगेको छ ।