८ माघ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले राजनीतिक दल, नागरिक समाज लगायतले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन् ।

जननिर्वाचित संसदलाई कोठा भित्र बसेर विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको अध्यक्ष केसी बताउँछन् ।