१२माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिस बैठक छाडेर चौतारामा बसेर पार्टी अध्यक्ष घोषणा गरेको तर निर्वाचन आयोगले खत्तम बनाइदिएको बताएका छन् ।

सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल कटाक्ष गरेका हुन् ।

उनले केही मानिसहरू पार्टी छाडेर गएको, आन्दोलन समाप्त पार्न लागेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई आरोपित गरेका हुन् ।

उनले देशमा अराजकता, अशान्ति नचाहेको भन्दै प्रचण्ड(नेपाल समूहले हामीले भनेको भएन भने भन्दै धम्क्याउन खोजेको पनि बताए ।