२४माघ, काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो ।

कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए ।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो ।