२६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।

संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।