२७माघ,काठमाडौं । मंगलबार थप १६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ३०९ जनाको पिसिआर परिक्षणमा १६० जनाकम संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६५ जना निको भएर फर्किएका छन्।

योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ।

यसैगरी, कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ।