२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड—माधव समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको निर्णय असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड माधव समूहले बिरोध गर्दै आइरहेको छ ।

प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम बिरुद्ध भन्दै सडकमा रहेको बहुमत पक्षले आज काठमाडौँमा २ लाख जनता, कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

यस्तै आजको बिरोध प्रदर्शनमा भाग लिन कार्यकर्ताहर काठमाडौँ आइपुगेको र केही आउने क्रम जारी रहेको नेकपाले जनाएको छ ।