२८माघ, काठमाडौं । नेपालमा बुधबार थप १३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३५६७ मा पिसिआर परिक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ।

संक्रमणमुक्त हुने दर ९८।६ प्रतिशत पुगेको छ।