३फागुन, बुटवल । प्रतिगमनविरुद्ध राष्ट्रिय जनमोर्चा रूपन्देहीले आज मोटरसाईकल र्‍यालीसहित विरोध सभा सम्पन्न गरेको छ।

बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध सभालाई राजमो नेता बासुदेव पोख्रेल,राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसीले सम्बोधन गरेका थिए ।