४फागुन,काठमाडौँ । बैतडीमा कांग्रेसले आयोजना गरेको सभामा ढुंगा प्रहार भएको छ ।

मंगलबार डिलासैनी गाउँपालिका—३, पनसेरामा आयोजित सभा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट सभालाई सम्बोधन गर्न पुगेका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन् ।

साउदका स्वकीय सचिव दीपक जोशीले ढुंगा प्रहारबाट साउदको खुट्टामा चोट लागेको जानकारी दिए । उनका अनुसार नेकपाको केपी शर्मा ओली समूहका कार्यकर्ताले कार्यक्रम बिथोल्न ढुंगा प्रहार गरेका हुन् ।

नेता साउदमाथि ढुंगा प्रहार भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ ।