५फागुन, बैतडी । दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

दोगडाकेदार–७ की भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेशलाई बुधबार दिउँसो प्रहरीले सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीले पत्रकार सम्मेलन गरी प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयानलगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जनाएको छ । आरोपी भट्ट भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थी हुन् ।

गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या भएको थियो ।