५फागुन,काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई २३ फागुनदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूले पनि पहिलो प्राथमिकता ज्येष्ठ नागरिकलाई दिनुपर्ने बताउँदै आएका थिए ।

१४ माघदेखि सुरु भएको खोप अभियानमा ४ फागुनसम्ममा २ लाख ६३ हजार ४ सय ८६ जनाले खोप लगाएको उनले बताए ।

खोप लगाएका कुनै पनि व्यक्तिलाई जिटिल समस्या नदेखिएको उनको भनाइ छ ।