६फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । यसअघि बुधबार तोलामा ९० हजार रुपैयाँ भन्दा तल झरेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको हो ।

बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ८९ हजार २ सय रुपैयाँ तोकिएको छ । बुधबार तोलामा १ हजार १ सय रुपैयाँले घट्दा छापावाल सुनको मूल्य ८९ हजार ८ सय पुगेको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार भने तेजाबी सुनको मूल्य तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

यसअघि बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको थियो ।