७फागुन, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामाथिको बहस सकिएको छ ।

शुक्रबार एमिक क्युरीकी गीता पाठकले आफ्नो राय दिएसँगै सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहस सकिएको हो ।

उक्त मुद्दामा अर्को पेशी फागुन ११ गतेका लागि तोकिएको छ ।

संवैधानिक इजलासको नेतृत्व गरेका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले फागुन १० गतेभित्र आफ्नो बहस नोट उपलब्ध गराइदिन पक्ष, विपक्ष र एमिकस क्युरीका कानून व्यवसायीहरुलाई आग्रह गरेका छन् ।