७ फागुन, लिबाङ । सरीकोट पोलिटेक्निकल ईन्स्टिच्युट रोल्पाले आज प्रजातन्त्र दिवस मनाएको छ ।

ईन्स्टिच्युटमामा अध्ययनरत विद्यार्थीहरूको बीचमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो।

सरीकोट पोलिटेक्निकल ईन्स्टिच्युटका कार्यकारी निर्देशक योगेन्द्र अनुपम जिसीको अध्यक्षतामा भएको कार्यक्रममा ईन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूको विभिन्न छ वटा समूहले सहभागी जनाएका थिए ।

प्रतियोगितामा धौलागिरी सदन प्रथम, अन्नपूर्ण सदन दोस्रो र कन्चनजङ्गा सदनले तृतीय स्थान प्राप्त गरेका छन् ।

ईन्स्टिच्युटका शिक्षक, शिक्षिका एवम् विद्यार्थीहरूको सहभागीतामा भएको कार्यक्रमको सहजीकरण अतिरिक्त क्रियाकलापका संयोजक बीना महराले गरेकी थिइन् ।

स्थापनाकालदेखि विभिन्न दिवसको अवसरमा कार्यक्रम गर्दै आएको ईन्स्टिच्युटले जनाएको छ ।