९फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपचारका लागि आज भारतको नयाँ दिल्ली जाने भएका छन् ।

नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन्।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए।

अहिले चिकित्सकहरुले न्युरो– इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले भट्टराई दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्।।