१०फागुन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले कहिल्यैपनि अदालतलाई धम्की वा दबाब नदिएको बताएका छन्।

दैजीमा छेला औधोगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। मैले कहिल्यैपनि अदालतलाई धम्की वा दबाब दिएको छैन,-उनले भने ।

साथै उनले आफु विरुद्ध मिडियामा आएका समाचारलाई अनावश्यक ठहर्याउदै ससंद पुनर्स्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने पनि बताए।